सर्लाही, १८ कार्त्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा.भीम रावललाई पनि एकताको प्रक्रियामा ल्याउने प्रयास भइरहेको बताएका छन् ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भोलि हुने ८ दलीय वाम एकता ऐतिहासिक हुने उनले बताए ।

‘भोलि ऐतिहासिक एकता हुन्छ । विगतमा टुटेका कडीहरू जोडिने छन् । भीम रावलजी पनि भोलिको एकतामा सामेल हुने कुरा अन्तिम चरणमा छ,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *