सर्लाही, १८ कार्त्तिक । क्रिकेट एसोसिएसन अफ नेपाल-क्यानले नेपाल प्रिमियर लिग-एनपीएल दोस्रो संस्करणका लागि दुई वटा प्रशारणसम्बन्धी टेन्डर आह्वान गरेको छ । 

उसले नेपालभित्र टेलिभिजन र विश्वभरीको ओटीटी स्ट्रिमिङका लागि नेपालभित्र दर्ता भएका र कानुनीरूपमा सञ्चालनमा रहेका कम्पनीका लागि बोलपत्र आह्वान गरेको हो ।

विश्वव्यापी स्ट्रिमिङ अधिकारका लागि भने भारतबाहेक मात्रै स्ट्रिमिङ अधिकार प्रदान गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । 

संघले मंगलबार सार्वजनिक गरेको बोलपत्र आह्वान सूचनाअनुसार इच्छुक बोलपत्रदाताले क्यानको कार्यालय मूलपानीमा मंसिर २४ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

दस्तावेज लिन कम्पनी दर्ता प्रमाणपत्र र अन्य आवश्यक कागजातसहित आवेदन दिनुपर्ने छ। 

दुवै बोलपत्रका लागि १० हजार अफेयर फन्डेबल शुल्क सिद्धार्थ बैंकमा जम्मा गर्नुपर्ने छ। ओटीटी प्रसारणका लागि आह्वान गरिएको बोलपत्रमा भारतबाहेकको ठाउँमा मात्रै भनिएको छ भने लाइनर टिभीका लागि खुला गरिएको बोलपत्रबाट पाउने अधिकार नेपालभरी मात्रै देखाउन पाउने किसिमको छ । 

लाइनर टीभीका लागि एक लाख र ओटीटीका लागि ६ लाख बराबरको बोली सुरक्षा देखाउनु पर्नेछ । आवेदनअनुसार प्रशारण अधिकार ९० दिनका लागि पाउने छन् भने बोली सुरक्षा ३० दिनका लागि मान्य रहनेछ । सिलबन्दी मंसिर २५ गते अपराह्न २ बजे क्यानको कार्यालयमै खोलिने छ । 

भारतीय क्षेत्रका लागि भने अघिल्लो वर्ष नै फ्यानकोडसँग सम्झौता भइसकेको छ। गत वर्ष यो प्रशारण अधिकार भारतको स्टार स्पोर्ट्सले लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *