सर्लाही, १८ कार्त्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सको नयाँ जर्सी सार्वजनिक भएको छ ।

जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत जर्सी सार्वजनिक गरेको हो । जर्सीमा पिंक र गाढा ब्लु रङको प्रयोग भएको छ ।

जनकपुरले हालसम्म वायन पार्नेल र लाहिरु मिलान्थालाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका शिवनराइन चन्द्रपाल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *