सर्लाही, ०२ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितको टोली आज पनि निर्वाचन आयोग जाने भएको छ ।
यसअघि बिहीबार पनि सभापति थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा भुसालसहित नेताहरू निर्वाचन आयोग पुगेका थिए । उनीहरूले पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको र विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भएर आएको विवरण अध्यावधिक गर्न आयोगसमक्ष अनुरोधसहित पत्र बुझाएका थिए ।
आजमात्रै शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, शेखर कोइरालालगायत निर्वाचन आयोग पुगेका थिए । उनीहरूले बिहीबार गगन-विश्वसहितले जस्तै कांग्रेसको आधिकारिकता आफूहरू नै रहेको दाबी गरेका थिए ।
केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार आधिकारिकताको दाबीका लागि थापा नेतृत्वको पदाधिकारी नै आयोग जान लागेको हो । २ बजे थापा नेतृत्वको समितिका पदाधिकारी निर्वाचन आयोग जान लागेका हुन् ।
