सर्लाही, ०४ माघ । मलंगवा जेसीज वर्ष २०२६ का लागि नयाँ नेतृत्व तथा पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका छन् । एकता, सहमति र सहकार्यको भावनासहित सम्पन्न चयन प्रक्रियाबाट सबै पदमा निर्विरोध रूपमा पदाधिकारीहरू चयन भएका हु न्।
नयाँ कार्यसमितिको अध्यक्षमा जेसि सुवेश सागर श्रेष्ठ चयन भएका छन् । यस्तै, कार्यकारी उपाध्यक्षमा जेसि बिमलेश यादव र जेसि प्रिन्स गुप्ता चयन भएका छन् । उपाध्यक्ष पदमा जेसि मनिष जयसवाल, जेसि सुभास गुप्ता, जेसि अभिनाश श्रेष्ठ तथा जेसि सरोज चौधरी चयन भएका छन् ।
मलंगवा नगरपालिकाका सक्रिय युवाहरूको पहलमा सन् १९८० देखि मलंगवामा यस संस्थाको शाखा विस्तार गर्ने प्रयास सुरु गरिएको थियो । एक वर्षे कार्यकाल रहने प्रावधानअनुसार गत वर्ष प्रविण गुप्ताको अध्यक्षतामा कार्यसमिति गठन गरिएको थियो ।
नव–निर्वाचित नेतृत्वप्रति जेसिज सदस्यहरू तथा शुभेच्छुकहरूले हार्दिक बधाई व्यक्त गर्दै सफल, प्रभावकारी र उदाहरणीय कार्यकालको शुभकामना दिएका छन् । नयाँ नेतृत्वले मलंगवा जेसीजलाई अझ सशक्त, सक्रिय र समाजमुखी संस्थाका रूपमा अगाडि बढाउने विश्वास लिइएको छ ।
