सर्लाही, ०८ माघ । सर्लाहीको धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनीमिल प्रा.लि. भित्र काम गर्ने क्रममा एक युवकको ज्यान गएको छ ।
मिलमा कार्यरत धनकौल गाउँपालिका–४ मैनाथपुर निवासी बिकाउ रायका १९ वर्षीय छोरा चुनचुन रायको उखुको खुवा बनाउने मेसिनमा परेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार काम गर्ने क्रममा अचानक मेसिनमा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि शवलाई परीक्षणका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन् ।

