शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिए पछि शिक्षकसँग सकिने ७ बुँदै सहमतिको खाका हिजोको मन्त्रिपरिषद बैठकमा पुग्दै पुगेन । शिक्षामन्त्रीले केहि अगाडि पार्टीबाहिरबाट सहयोग भए पनि पार्टीभित्रबाट नै असहयोग भएको धारणा राखेकी थिइन् । यसैले प्रधानमन्त्री केपी ओलीको असहयोगका कारण नै शिक्षामन्त्रीको राजिनामा आएको भनेर चर्चा चुलिएको छ । यसले प्रधानमन्त्री ओलीलाई रक्षात्मक बनाइदिएको छ ।
