जितपछि बेंगलुरु १० अंकमा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटका आधारमा गुजरात टाइटन्स शीर्ष र देल्ली क्यापिटल्स दोस्रो स्थानमा कायम छन् । हारपछि पञ्जाव किङ्स चौथो र लखनऊ सुपर जाइन्ट्स पाँचौँ स्थानमा झरेका छन् । उनीहरूको पनि समान १० अंक छ ।मुल्लानपुरमा आइतबार भएको खेलमा बेंगलुरुले पञ्जाव किङ्समाथि ७ विकेटको फराकिलो जित निकालेको हो ।
