
एजेन्सी, असार १५ । पाकिस्तानको वजिरिस्तानमा शनिबार सैन्य गाडीमा भएको आत्मघाती आक्रमणमा भारतको हात रहेको आरोप पाकिस्तानीले सेनाले लगाएको छ।
शनिबार उत्तरी वजिरिस्तान जिल्लाको खाड्डी क्षेत्रमा पाकिस्तानी सेनाको बम डिस्पोजल युनिटको माइन(रेजिस्टेन्ट एम्बुस प्रोटेक्टेड (एमआरएपी) गाडीमा एक आत्मघाती आक्रमणमा हमलाकारीले विस्फोटक पदार्थले भरिएको गाडी ठोकाउँदा १३ सैनिक मारिएका छन्।
बीबीसी उर्दुका अनुसार, पाकिस्तानी सेनाको इन्टर(सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले भारतलाई दोष दिँदै भनेको छ, ‘यो आक्रमण भारत(प्रायोजित आतंककारीहरूले गरेका थिए।’रतले भने यसको खण्डन गरेको छ।भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘हामीले पाकिस्तानी सेनाको आधिकारिक बयान देखेका छौँ, जसमा जुन २८ मा वजिरिस्तानमा भएको आक्रमणका लागि भारतलाई जिम्मेवार ठहर्याइएको छ। हामी यसलाई पूर्ण रूपमा अस्वीकार गर्छौं।’
आईएसपीआरका अनुसार शनिबार आत्मघाती हमलापछि पाकिस्तानी सुरक्षा बलले गरेको कारबाहीमा १४ जना आतंककारी पनि मारिएका छन्।