सर्लाही, २७ असार । सर्लाहीमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १४ लाख रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–२, का ३६ वर्षीय इन्द्रजित प्रसाद साह रहेका छन् । साहलाई नेपाल–भारत सीमा दशगजा नजिकै मलङ्गवा नगरपालिका–८, बाट नियन्त्रणमा लिइएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार साह भारततर्फबाट बीआर ३० के ४००९ नम्वरको मोटरसाइकलमा स्रोत नखुलेको रकम लिएर नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका हुन् ।
उक्त रकम हुण्डी कारोवारमा प्रयोग भएको हुन सक्ने प्रहरीको आशङ्का रहेको छ । सर्लाहीसहित तराईका जिल्लामा यसरी बारम्बार हुण्डी कारोवारी स्रोत खुल्न नसकेको रकमसहित पक्राउ पर्ने गरेका छन् ।