सर्लाही, ०६ साउन । सर्लाही सदरमुकाम मलंगवाले नापी कार्यालयले नेपाल भूमि सूचना प्रणाली (नेलिस) प्रविधि अपनाएको छ ।

यो प्रविधि अपनाएसँगै अब नापी कार्यालय मलंगवाबाट प्रदान हुने सेवाबारे मन्त्रालय र विभागले सर्भरको माध्यमबाट तत्कालै जानकारी पाउने छन् । नक्सा, श्रेस्तालगायतको सम्वन्धमा कार्यालयमा मात्रै रेकर्ड रहने गरेकामा अब ‘नेलिस’ मा जोडिएसँगै केन्द्रसँग पनि तथ्याङ्क रहने नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धरले जानकारी दिए ।

कार्यालयले इन्टरनेटको पहुँच भएका सेवाग्राहीलाई घरमै बसेर ‘मेरो कित्ता’ विधिबाट विभिन्न प्रकारका सेवा र जानकारी पाउने व्यवस्था समेत मिलाइएको प्रमुख नापी अधिकृत मानन्धरले बताए । नयाँ प्रविधि अपनाएपछि नक्सा, श्रेस्ताहरुको अध्यावधिक र पूर्णता गर्नुपर्ने चूनौति रहेको नापी कार्यालय मलङ्गवाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *