filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Hdr; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 0.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

सर्लाही, ०७ साउन । सर्लाही जिल्लाको कबिलासी नगरपालिका वडा नं. ८ स्थित नगरपालिकाको सामाजिक सुरक्षा शाखाबाट चोरी भएका विभिन्न सरकारी सामानसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार चोरीको घटना २०८२ साल साउन ४ गते राति भएको थियो। सामाजिक सुरक्षा शाखाको कोठाबाट CPU, Monitor, Keyboard, Revolving कुर्सी, Wi-Fi राउटर, मल्टि प्लग, र प्रिन्टर लगायतका सामाग्री चोरी भएका थिए।
चोरी भएकोमध्ये एक थान प्रिन्टर (Image CLASS MF 3010 लेखिएको Cannon कम्पनीको) भने क्षतिग्रस्त अवस्थामा नगरपालिका नजिकैको नालामा फालिएको अवस्थामा भेटिएको थियो ।

घटना सम्बन्धी सूचना साउन ५ गते बिहान करिब ९:४० बजे प्रहरी चौकी कबिलासीमार्फत प्राप्त भएको थियो। तत्कालै इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो । CCTV फुटेज र प्राविधिक विश्लेषणको आधारमा चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी खोजी गर्दा प्रमुख अभियुक्त रोहित मिश्रको घरबाट चोरी गरिएका सामग्री फेला परेको प्रहरीको भनाइ छ ।पक्राउ पर्ने कबिलासी न.पा.-८ मा बस्ने २२ वर्ष रोहित मिश्रा, ४० वर्ष सुरेन्द्र राय, २० वर्ष राजु पासवान, १९ वर्ष दिपक पासवान र २२ वर्ष ललका पासवान पक्राउ परेका छन् । प्रहरीले सबै प्रतिवादीहरूलाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको जनाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *