काठमाडौं, ८ साउन। थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढेको छ ।

थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका छन् ।त्यसपछि थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ ।

कम्बोडयाको रक्षा मन्त्रालयले पनि थाई सेनाले सीमा नजिककै रहेको प्राचीन प्रेह भिहेयर मन्दिर नजिकै सडकमा बम खसाल्न लडाकु विमान प्रयोग गरेको जनाएको बेलायती अखबार द गार्डियनले लेखेको छ । यो गोली प्रहार हुँदा थाई नागरिक मारिएको क्षेत्रमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *