सर्लाही, ०९ साउन ।  बागमती प्रदेश सरकारका चार मन्त्रीले राजिनामा दिएका छन् । शुक्रबार नेपाली कांग्रेसबाट बनेका चार मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

मुख्यमन्त्रीसँग बजेट वितरणसहितका विषयमा असन्तुष्ट भएर राजीनामा दिएका मन्त्रीहरु अहिले संसदीय दलको बैठकमा छन् । मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउने उनीहरुको गृहकार्य रहेको छ ।

मुख्यमन्त्री लामा बाग्मती प्रदेश सभापतिसमेत रहेका इन्द्र बानियाँलाई हराएर संसदीय दलको नेता बनेका थिए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *