सर्लाही, १४ साउन। मधेस प्रदेशका सम्पूर्ण ट्राफिक प्रहरीलाई नेपाल नेत्रज्योति संघ, मधेस प्रदेशमार्फत कालो चस्मा वितरण गरिएको छ। पछिल्लो समय प्रदेशभरि गर्मी बढ्दै जाँदा ट्राफिक प्रहरीले घाममा बसेर काम गर्न कठिनाइ भोगिरहेका कारण उक्त सहयोग प्रदान गरिएको हो।नेपाल नेत्रज्योति संघ, मधेस प्रदेशमार्फत ईश्वरपुरस्थित आँखा उपचार केन्द्रलाई प्राप्त ७०० थान चस्मा ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो। कार्यक्रम ईश्वरपुर नगरपालिका प्रमुख तथा आँखा उपचार केन्द्रका अध्यक्ष मनोज आचार्यको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया वाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाल, आठै जिल्लाका ट्राफिक प्रहरी प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. पंकज कुमार साह, विभिन्न वडाका वडा अध्यक्षहरू समेत कार्यक्रममा सहभागी थिए। आँखा उपचार केन्द्र ईश्वरपुरका उपाध्यक्ष प्रकाश मैनालीले चश्मा वितरणसम्बन्धी जानकारी दिएका थिए।सभापति चौधरीका अनुसार प्रदेशका विभिन्न स्थानमा चलिरहेको पूर्व–पश्चिम राजमार्ग पुनर्निर्माणका कारण ट्राफिक प्रहरीलाई बढी समस्या हुने देखिएकाले सम्पूर्ण प्रदेशभरिका ट्राफिक प्रहरीलाई चश्मा उपलब्ध गराइएको हो। यो कार्यक्रम हरेक वर्ष निरन्तर रूपमा सञ्चालन गरिने उनले जानकारी दिए।कार्यक्रममा बोल्दै प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले चश्माले ट्राफिक प्रहरीलाई कार्यक्षेत्रमा सहजता प्रदान गर्नुका साथै घाम, धूलो र आँखाका समस्याबाट जोगाउन सहयोग पुग्ने बताए।ईश्वरपुर नगरप्रमुख मनोज आचार्यले ट्राफिक प्रहरी नागरिकको जिउधनको सुरक्षामा दिन–रात नभनी खटिने भएकाले स्थानीय सरकारले सहयोग गर्नु आवश्यक रहेको बताए।यसै अवसरमा भरतपुर आँखा अस्पतालले ईश्वरपुर नगरपालिकालाई ३१ प्रकारका करिब ११ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको छ। भने कायक्रमको अवसरमा संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, र र्चाटर एकाउन्टेन्ट देव राज पन्तलाई नगर पालीकाले संमान समेत गरेको स्वस्य शाखा प्रमुुख शुुगेन्द्र महतोले जानकारि दिनुु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *