भारत, १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि विपक्षीहरू दलहरूले केन्द्र सरकारमाथि तीखो टिप्पणी गरेका छन्। समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले ट्रम्पले गरेको यो घोषणा खराब दिनको सुरुवात भएको बताएका छन् । बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने,’यो नराम्रो दिनको सुरुवात हो। किनकि यस देशका युवाहरूलाई रोजगारी चाहिन्छ। यदि यस्ता अवरोधहरू छन् भने हाम्रो देशको अर्थतन्त्रको के हुनेछ ?’ उनले अमेरिकी राष्ट्रपतिको निर्णयमाथि सरकारले  समयमै सोच्नुपर्ने बताए। उनले भने,’अमेरिकी राष्ट्रपति ट्रम्पले के भनिरहेका छन् भन्दा पनि आफैंलाई हेर्नु राम्रो हो। अमेरिकाले कुनै न कुनै आधारमा कर लगाउने निर्णय गरेको हुनुपर्छ ।’

यसअघि बुधबार ट्रम्पले अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। उनले रुसबाट हतियार र तेल खरिद गर्दा भारतमाथि थप आयात शुल्क लगाउने बारेमा पनि कुरा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *