सर्लाही, १६ साउन । सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड बढी राजस्व संकलन गरेको छ ।कार्यालयका प्रमुख शशी यादवले १२ करोड १७ लाख ९६ हजार ६११ रुपैयाँ राजस्व उठाएको जानकारी दिए ।
यो कार्यालय २०८० मंसिर १७ गते स्थापना भएको थियो । कार्यालयले गत आर्थिक वर्षको १२ महिनामा सबैभन्दा बढी सवारी साधन करबापत ८ करोड २९ लाख ९८ हजार ७१ रुपैयाँ, सवारी चालक अनुमती पत्र र सवारी दर्ता किताबबाट ३ करोड ५२ लाख ४५ हजार ५८५ रुपैयाँ, सवारी आयकरबाट २३ लाख ५० हजार ४२५ रुपैयाँसहित अन्य शिर्षकमा राजस्व उठाएको छ ।
कार्यालयले सवारी सम्वन्धी नवीकरण तथा जरिवाना, नयाँ सवारी दर्ता, नामसारी, रुट परमिटलगायतबाट राजस्व संकलन गर्दै आइरहेको कार्यालय प्रमुख यादवले बताए ।