सर्लाही, १६ साउन । सरकारद्वारा मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ। लामो समयदेखि वर्षा नहुँदा पानीको अभाव गम्भीर रूपमा देखिन थालेपछि यस्तो निर्णय गरिएको हो ।

सुख्खाको सबैभन्दा बढी असर परेको क्षेत्रहरूमध्ये सर्लाही जिल्ला पनि एक हो। सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका–८ मा खानेपानीको अभाव गहिरिँदै गएको बेला, स्थानीय व्यापारी एवं समाजसेवी सुभाष कुमार गुप्ताले समाजसेवामा उदाहरणीय भूमिका निर्वाह गरेका छन् ।

गुप्ताले मलंगवा–८ का विभिन्न टोल र घर–घरमा स्वयं गई खानेपानी वितरण गरेका छन् । यस्तो संकटकालीन अवस्थामा वितरण गरिएको पानीले स्थानीयवासीलाई राहत मिलेको छ । गुप्ताको सहयोगप्रति स्थानीय बासिन्दाले आभार व्यक्त गरेका छन् ।
“संकटकालमा यस्तो सहयोग पाउनु ठूलो कुरा हो, गुप्ताजी प्रति हामी कृतज्ञ छौं,” एक स्थानियले बताए ।

सरकारको सुख्खाग्रस्त घोषणा पछि पीडित क्षेत्रहरूमा राहतको आवश्यकता बढ्दो अवस्थामा रहेको बेला व्यापारी गुप्ताको यो कदम अनुकरणीय बनेको छ। गुप्ताको यो पहलले समुदायमा सकारात्मक सन्देश फैलाएको छ र संकटको बेलामा एक–अर्कालाई साथ दिनुपर्ने सन्देश समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *