सर्लाही, १८ साउन । सिरहा जिल्लाको मिर्चेया नगरपालिका-६ रेडक्रस टोलमा एक १८ वर्षीया किशोरीको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
मिर्चेया इलाका प्रहरी कार्यालयका अनुसार शनिबार बिहान अन्दाजी ४:३० बजे रञ्जना कुमारी ठाकुरले आफ्नै घरको कोठामा पंखामा पासो लगाई आत्महत्या गरेकी हुन् ।
स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक मुनिलाल यादवको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात थप विवरण संकलन तथा प्रमाण सङ्कलन गर्न प्रहरी निरीक्षक धिरज पटेलको नेतृत्वमा टोली खटाइएको थियो। शवलाई मुचुल्का तयार पारेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, सिरहा पठाइएको प्रहरीले जनाएको छ ।