सर्लाही, १९ साउन । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिनुभएको छ ।

आज सीआईबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सूक्ष्म रूपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो । सीमित स्रोत साधनका बीच प्रहरीमा सीआईबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुशी व्यक्त गर्दै मन्त्री लेखकले साधन स्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गर्नुभयो । देशमा पछिल्लो समय वित्तीय अपराधका घटना बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको उहाँले जानकारी दिनुभयो ।त्यस अवसरमा सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआईबीले निर्मला पन्त हत्या प्रकरणका साथै अन्य घटनाका सम्बन्धमा पनि अनुसन्धान भइरहेको जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *