काठमाडौँ १९ साउन । । रुसको सुदूर पूर्वमा ५०० वर्षभन्दा बढी समयपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको छ। विज्ञहरूले यो गत हप्ता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताएका छन् ।

कामचटकाको क्राशेनिनिकोभ ज्वालामुखीबाट रातको समयमा करिब ६ किलोमिटर उचाइमा खरानी निस्किएको थियो। रुसको आपत्कालीन मन्त्रालयले जनसङ्ख्या भएको क्षेत्रमा कुनै खतरा नभएको बताएको छ । यसको केही घण्टापछि रुसमा अर्को ठुलो भूकम्पले प्रायद्वीपका तीन क्षेत्रमा सुनामीको चेतावनी दिएको छ ।

दुवै घटना बुधबार आएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताइएको छ। बुधबारको भूकम्प रिक्टर स्केलमा ८.८ मापन गरिएको थियो ।

यस भूकम्पका कारण फ्रान्सेली पोलिनेसिया र चिली जस्ता टाढाका क्षेत्रमा पनि सुनामीको चेतावनी जारी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *