काठमाडौं, १९ साउन। भारतको उत्तर प्रदेशको गोंडामा दर्दनाक दुर्घटनाः एकै परिवारका ११ जनाको मृत्यु आज बिहान भारतको उत्तर प्रदेशस्थित गोंडामा एक दर्दनाक दुर्घटना भएको छ। पृथ्वीनाथ मन्दिर दर्शनका लागि गइरहेका एक परिवार सवार गाडी अनियन्त्रित भई नहरमा पल्टिएको छ। गाडीको झ्याल नखुल्ने र नहरमा पानी भरिएको कारणले गर्दा घटनास्थलमै ११ जनाको ज्यान गएको छ । मृतकमध्ये ५ महिला र ६ पुरुष रहेका छन्, र अधिकांश एकै परिवारका सदस्यहरू रहेका छन्। घटनाले सम्पूर्ण क्षेत्रमा शोकको लहर फैलिएको छ।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तुरुन्तै घटनाको संज्ञान लिँदै सम्बन्धित जिल्ला र तहसील अधिकारीहरूलाई सबै आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्। साथै, मुख्यमन्त्रीले मृतकका परिवारलाई जनही ५-५ लाख भारतीय रुपैयाँ राहतस्वरूप प्रदान गर्न आदेश दिएका छन्।यस दुर्घटनामा एउटा छोरीले आफ्ना आमा-बुबा दुबैलाई गुमाएकी छिन्, जसले घटनालाई झन् हृदयविदारक बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *