सर्लाही, १९ साउन । नेपाली फिल्म क्षेत्रमा सक्रिय सर्जकलाई हौसला प्रदान गर्ने उद्देश्यले सिनेमा सर्कलको आयोजनामा ‘सिने सर्कल अवार्ड २०८२’ हुने भएको छ ।

भदौ २६ गते समारोह आयोजना हुने जनाइएको छ । यो अवार्ड उपराष्ट्रपतिको प्रमुख आतिथ्यतामा आयोजना हुँदै आइरहेको छ । सिने सर्कल नेपालका संरक्षक तथा चौधरी समूहका प्रबन्ध निर्देशक वरुण चौधरीको संरक्षणमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

यसवर्ष २५ विधामा अवार्ड प्रदान गर्ने तयारी छ । पर्दा पछाडि समर्पित भएर योगदान दिनेलाई दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ ।यो सम्मानअन्तर्गत यसवर्ष पनि २ जनालाई ५१,००० रुपैयाँ नगदसहित सम्मान गरिने जनाइएको छ ।

२०७३ सालमा आयोजित पहिलो संस्करणमा बलिउड सुपरस्टार तथा भारतीय सांसद शत्रुघन सिन्हा, दोस्रो संस्करणमा ‘माइतीघर’ फिल्मका कलाकार माला सिन्हा र सीपी लोहनी, तेस्रो संस्करणमा अभिनेता गोविन्दाको सहभागिता थियो ।

हलिउड अभिनेता डिगर मेस, जापानी निर्देशक मात्सु वयासी, ‘क्याराभान’ निर्देशक एरिक भाली पनि सहभागी थिए ।

निजी क्षेत्रबाट निरन्तरता दिँदै आएको कार्यक्रमले नेपाली फिल्मकर्मीलाई सम्मान गर्दै भविष्यमा उत्कृष्ट सिर्जना गर्न प्रेरणा दिने विश्वास लिएको आयोजकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *