एजेन्सी, २० साउन । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रूस–युक्रेन युद्धमा चीन, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र केही अफ्रिकी देशका भाडाका सैनिकहरू संलग्न रहेको बताउनु भएको छ ।

हिजो उहाँले  पूर्वी युक्रेनको वोवचान्स्क क्षेत्रमा खटिएका युक्रेनी सैनिकहरूको मनोबल बढाउन भ्रमण गर्नुभएको बीबीसीले जनाएको छ  ।

उहाँले त्यहाँ सैनिक कमान्डरहरूसँग फ्रन्टलाइनको स्थिति बारे जानकारी लिनु भएको खबरमा उल्लेख छ । जेलेन्स्कीले सामाजिक सञ्जाल  एक्समा विभिन्न देशहरुका भाडामा आएका सैनिकहरू युद्धमा संलग्न रहको भन्दै त्यसको जवाफ दिने चेतावनी दिनुभयो ।

यसअघि, सन् २०२४ को अक्टोबरमा आएको एक रिपोर्टमा उत्तर कोरियाली सैनिकहरूलाई पनि युक्रेनमा रूसी सेनाको सहयोगका लागि खटाइएको खबरहरु आएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *