सर्लाही, २१ साउन । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले केन्द्रीय पदाधिकारी र सदस्यहरु मनोनित गरेका छन् ।

अध्यक्ष महतोले मंगलबार ३१ जना पदाधिकारी सहितको सूची सार्वजनिक गरेका छन् ।

तीन वरिष्ठ उपाध्यक्ष पदमा कमलाकुमारी गुरुङ, रामनरेश राय यादव र सुमन सायमी मनोनित भएका छन् ।

अध्यक्ष महतोले चार जनालाई उपाध्यक्ष तोकेका छन् । महासचिवमा केशवकुमार झा, मिङमार तामाङ, रमेश योङहाङ, सन्तोषकुमार मेहता र अनिलकुमार महासेठले जिम्मेवारी पाएका छन् ।

महतोले दुई जना प्रवक्ता, सात जना सह महासचिव, सह कोषाध्यक्ष एक र सचिव पदमा सात जनालाई मनोनित गरेका छन् ।

राजेन्द्र महतोले मनोनित गरेका व्यक्ति र पदको सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *