सर्लाहै, २२ साउन । खडेरी र सुक्खाको मारमा रहेको मधेस प्रदेशमा केही दिनयता भएको धेरथोर वर्षाले राहत त दिएको छ तर, चिरा परेका खेत अझै भरिन सकेका छैनन्  । खडेरीले सुकेका धारा र चापाकलमा पानी पलाएको छैन । खानेपानीको समस्या उस्तै छ । जेनतेन बचेका धानका बेर्नाहरू फलाउने जोहोमा छन् , किसान । संकटग्रस्त परिस्थिति सामान्य बन्न सकेको छैन । सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपनि तीन तहबीच समन्वय छैन । औपचारिक कार्यक्रमको घोषणा गरिएको छैन । सबै आ आफ् नै तरिकाले अघि बढेका छन । खडेरी र सुक्खासँग जुध्न पूर्वतयारी र नीतिगत योजना नभएकै कारण समस्यालाई टालटुल समाधान गर्ने कोशिस भइरहेको छ । तीनै तहका सरकारले आआफ्नै हिसाबले काम गर्दा जनताले राहत महसुस गर्न सकेका छैनन्  ।

बिनायोजना सुक्खाग्रस्त क्षेत्र घोषणा

मधेस प्रदेश सरकारको असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणाका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गर्‍ यो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेश सरकारको सिफारिसमा संघ सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्ने व्यवस्था छ । सिफारिसअनुसार संघीय सरकारको ७ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका आठै जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त घोषणा गर्‍ यो । संविधानको धारा ३० को संकटकालीन अधिकारको व्यवस्थाअनुसार प्राकृतिक विपद् वा महामारीको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागू हुने गरी संकटकालीन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्ने व्यवस्था छ । उपधारा (२) मा उल्लेख भएअनुसार कुनै पनि प्रदेशमा प्राकृतिक विपद् वा महामारीको कारणले गम्भीर संकट उत्पन्न भएमा सम्बन्धित प्रदेशले नेपाल सरकार समक्ष प्रदेश वा प्रदेशको कुनै भागमा संकटकालीन अवस्थाको घोषणा वा आदेश जारीका लागि अनुरोध गर्ने व्यवस्था छ । संकटग्रस्त क्षेत्र घोषणा भएपछि संघीय सरकारले सबै स्रोत परिचालन गरी समाधान गर्नुपर्ने संवैधानिक व्यवस्था गरिएको छ । तर, सरकारले बिना कुनै राहत प्याकेज सुक्खाग्रस्त क्षेत्र घोषणामात्र गर्दा संकटकालमा समेत हेलचेक्र्याइँ भएको मधेसवासीको आरोप छ ।

मधेस सरकारले सुक्खाग्रस्त र संघ सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरे पनि किसानका लागि कुनै राहत भने प्राप्त हुन सकेको छैन । प्रदेश सरकारले खानेपानी अभाव भएको ठाउँहरूमा ट्यांकर र वारुणयन्त्रबाट पानी बाँड् नुबाहेक अन्य कुनै ठोस कार्य भने गर्न सकेको छैन । त्यसैगरी संघ सरकारले पनि संकटग्रस्त क्षेत्र घोषणा गरेका ठाउँमा बोरिङ जडान गर्ने घोषणा गरे पनि न त सम्भाव्यता अध्ययन गरिएको छ न बोरिङ जडानका लागि आवश्यक मापदण्ड नै निर्धारण गरिएको छ ।

सरकारले घोषणा गरेको संकटकालबाट पीडित किसानलाई कुनै राहत हालसम्म प्राप्त नभए पनि बिचौलिया, दलका कार्यकर्ता र कर्मचारीलाई भने अवश्य नै फाइदा पुग्ने युवा कृषक तथा उद्यमी देवनारायण मण्डल बताउँछन्  । ‘संकटकालको घोषणापछि हामीले त हालसम्म केही राहत पाएका छैनौं । हाम्रो खेती चौपट भयो । माछा पालन गरेका पोखरी सुकेर माछामा गरेको लगानी बर्बाद भयो । रोपेका ठाउँमा धानका बेर्नासमेत सुक्न लागेका छन तर, सुक्खाग्रस्त घोषणा भएपछि हुनेखानेलाई नै फाइदा हुने पक्का छ,’ मण्डल भन्छन् , ‘सरकारले बिना कुनै अध्ययन मधेसमा बोरिङ गाड् ने भनेको छ । संकटकाल भएपछि साउन महिनामै आपत् कालीन कोषबाट बजेट झिकेर हुने खानेको खेतमा बोरिङ हाल्ने काम सुरु हुन्छ होला । पहिलाजस्तै पहुँचको भरमा बोरिङ बाँडिन्छन्  । अरू त के नै राहत पाउँछौं र हामीले ?’ मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले सर्वसाधारण जनतालाई तुरुन्तै राहत दिन नसकिने बताए । ‘विपद् को समय आएपछि प्रदेश सरकारले आफ्नो स्रोतसाधनबाट सके जति काम गरिनै रहेको छ । जनताले राहत भनेपछि के बुझेका छन् मलाई थाहा भएन,’ मुख्यमन्त्री सिंहले अन्नपूर्णसँग भने, ‘प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्ने बित्तिकै आफूसँग भएको वारुणयन्त्रबाट पानी नभएको स्थानीय तहमा पानी पुर्‍ याउने काम गरेकै हो । विभिन्न अन्तर्राष्ट्रिय निकायहरूलाई पानीको समस्या समाधानका लागि सहयोग गर्न अपिल गरेका छौं । कतिपयले त काम पनि गरिराख्नु भएको छ । त्यसैगरी प्रदेशको विपद् र आपत् कालीन खर्चका लागि छुट्ट्याइएको बजेटलाई प्रयोग गरेर डिप ट्युबवेल, स्यालो ट्युबवेल र चापाकलहरू जडानको लागि समेत काम गर्न थालिएको छ । अब यति गर्दा पनि राहत भएन भने त भगवान् कै आशा छ । अहिले पनि वर्षा भइदियो भने यी समस्याहरूबाट केही हदसम्म राहत पाउन सकिन्छ ।’तीन तहबीच छैन सहकार्य विपद् र संकटग्रस्त मधेस प्रदेशमा तीन तहका सरकार आ—आफ्नै सुरमा काम गरिरहेका छन्  । एकअर्काबीच न त समन्वय हुन सकेको छ न त सहकार्य नै । जसले गर्दा विपद् को बेलासमेत कतै सबै स्रोत साधनहरू पुगेका छन् भने कतै पीडित झन् पीडा भोग्न बाध्य छन्  । ‘हामीसँग सबैको मौखिक समन्वयमात्रै छ । न त प्रदेश सरकारले औपचारिक रूपमा बोलाएर स्थानीय तहका समस्या बुझ् न खोजेको छ न संघ सरकारबाटै त्यस्तो खालको कुनै पहल भएको छ । हाम्रो समस्या हामी आफैं सक्दो समाधान गरिरहेका छौ,’ जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साह भन्छन् , ‘हाम्रो उपमहानगरपालिकामा पिउने पानीको खासै समस्या छैन । हामी सबैलाई थाहा थियो यो महिनामा पानीको समस्या हुन्छ भन्ने कुरा । यस्तोमा हाम्रो पालिकाबाट सबै वडाहरूमा चार सय फिटका कलहरू जडान गर्ने काम गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *