सर्लाही, २२ साउन । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर भएपछि उनको बायोपिक फिल्म ‘मेयर’को रिलिज अन्योलमा परेको छ । 

निलम्बित मेयर थापालाई विशेष अदालतले बुधबार मात्र गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर गरेको हो ।

थापा भ्रष्टाचारी ठहर भएसँगै उनकै जीवन संघर्षलाई आधार मानेर तयार पारिएको फिल्म ‘मेयर’ अलपत्र परेको हो । उक्त फिल्मको छायांकन केही महिनाअघि मात्र सकिएको छ । 

खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहेको फिल्म निर्देशक दीपेन्द्र के खनालले निर्माण गरेका हुन् । 

बायोपिक पात्र दोषी ठहरपछि  पोस्ट प्रोडक्सनको चरणमा रहेको  फिल्मको रिलिज अन्योलमा परेको हो । 

यस विषयमा फिल्मको निर्माण पक्षले अहिलेसम्म प्रतिक्रिया दिएको छैन ।

दीपेन्द्र भने अहिले अर्को बायोपिक फिल्म ‘क्याप्टेन साब’को सुटिङमा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *