सर्लाही, २३ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स ले आगामी सिजनका लागि मुड्स टेलर हाउस र मुड्स फ्यासन स्टुडियो सँग औपचारिक पोशाक पार्टनरको सम्झौता सम्पन्न गरेको छ।
करिब तीन दशकदेखि उत्कृष्ट टेलरिङ र डिजाइनमा अग्रसर मुड्सले अब बोल्ट्सका खेलाडीहरूलाई मैदान बाहिर समेत स्टाइलिश र आत्मविश्वासी देखाउन मद्दत गर्ने प्रतिबद्धता जनाएको छ। एनपीएलको दोस्रो सिजनका लागि मिनी अक्सन यही शनिबार हुँदैछ । अक्सनमा १५० खेलाडीहरू समावेश छन् ।
