खानेकुरालाई तीन भागमा बाँड्न सकिन्छ । शक्ति दिने, शरीर वृद्धि एवं मरमत गर्ने र शरीरको सुरक्षा गर्ने गरी तीन भागमा बाँड्न सकिन्छ । यदि तपाईं खेतमा मजदुरीको काम गर्दै हुनुहुन्छ वा बिरामी भएर भर्खरै तंग्रिँदै हुनुहुन्छ भने शक्ति दिने खानेकुराहरू खानुपर्छ । त्यस्तै गर्भवती र स्तनपान गराउने महिलालाई पनि शक्तिदायक खानेकुराको आवश्यकता पर्छ । भरिया, खेलाडी, हुर्कंदो उमेरका बालबालिका एवं ज्येष्ठ नागरिकलाई शक्ति प्रदायक खानेकुराको अझ बढी आवश्यकता पर्छ ।
शक्ति दिने खानेकुराहरू
अन्न : चामल, गहुँ, मकै, फापर, जौ आदि ।
जरा भएको : पिँडालु, तरुल, गीठा, भ्याकुर, सखरखण्ड आदि ।
चिल्लो पदार्थ : घिउ, तेल, मखन, नौनी आदि ।
गुलियो पदार्थ : गुँड (सक्खर) चिनी, उखु, मह आदि ।