सर्लाही, २५ साउन । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको नव निर्मित भवनको आज मलंगवा नगरपालिका–२ मा एक कार्यक्रम गरी उद्घाटन गरिएको छ। ‎‎मधेश प्रदेशका उद्योग वाणिाज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले शिलालेख अनावरण गरि उद्धाटन गर्नुभयाे‎‎ । मन्त्री कुशवाहाले उद्धाटन कार्यक्रमलाई सम्बाेधन गर्दै घरेलु कार्यालयले विगतमा जस्तै उद्योग प्रवर्द्धन र बिकासमा उल्लेखनीय भुमिका निर्वाह गर्न तथा नयाँ भवनले सेवा प्रवाहलाई आधुनिक सरल प्रभावकारी तथा सर्वसुलभ बनाउने बिश्वास ब्यक्त गरे ।

आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सम्पन्न भवन निर्माणका लागि कुल एक करोड तेह्रतरि लाख अठार हजार पाँच सय छब्बिस रुपैयाँ बजेट विनियोजन भएकोमा एक करोड चौंसठी लाख सत्ताइस हजार एक सय सत्तासी रुपैयाँ (भ्याटसहित) खर्च भएको कार्यालयले जनाएको छ ।‎‎ भवन निर्माण कार्य हेम सावित्री जेभी, जनकपुर–७ ले सम्पन्न गरेको हो। यसका लागि रामकबिर मठले दुई कठा जग्गा प्रदान गरेको थियो। निर्माण सम्झौता २०७८ साल छ महिना १३ गते भएको थियो भने निर्माण कार्य २०८२ साल असार १५ गते सम्पन्न भएको हो।‎‎उद्घाटन कार्यक्रममा कार्यालयका अधिकारी, स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यापारी तथा सर्वसाधारणको उपस्थिती थियो। आयोजकका रुपमा घरेलु तथा साना उद्योग कार्यालय सर्लाही, मलंगवाले कार्यक्रम सञ्चालन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *