सर्लाही, २५ साउन । जनकपुरले अक्सनअघि अघिल्लो सिजनका मार्की र कप्तान दुवैसहित ७ खेलाडीलाई रिटेन गरेको थियो ।
अघिल्लो सिजनका मार्की आसिफ शेख, कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंहलाई टोलीले रिटेन गरेको थियो ।
अक्सनबाट जनकपुरले सचिन भट्ट, आदित्य महता, मयन यादव अनुबन्ध गर्दा विश लिस्टबाट बिकाश आग्रीलाई अनुबन्ध गर्यो ।
जनकपुरको टोली : आसिफ शेख, अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव, बिकाश आग्री रहेका छन् ।