सर्लाह, २५ साउन । सर्लाहीमा आज लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । खोलाले बगाएर कविलासी नगरपालिका–१, का ७० वर्षीय मोहम्मद जमिरको मृत्यु भएको हो । जमिरलाई लखन्देही खोला पारी खेतमा काम गर्न जाँदा बरहथवा नगरपालिका–१६ बाट आज बिहान लखन्देही खोलाले बगाएको थियो । परिवारले उहाँ बेपत्ता भएको जानकारी दिएपछि खोजी गर्नेक्रममा आज दिउँसो बरहथवा नगरपालिका–१७, स्थित बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकाको सीमामा पर्ने खोला किनारमा मृत फेला पारिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले जानकारी दिनुभयो । डिएसपी भट्टराईका अनुसार मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *