सर्लाही, २६ साउन । रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको कारागार बसाइको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली भैरहवा आएको छ ।

केही दिनयता कारागारको ब्लक नम्बर–४ मा रहेका रास्वपा सभापति लामिछानेको सुविधाको विषयमा समाचार आएपछि मानव अधिकार आयोगको टोलीले कारागारको अनुगमन गर्न लागेको हो । अनुगमन टोलीमा मानवअधिकार आयोगकी सदस्य लिली थापा, आयोगका लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रीमा बीसीलगायत सहभागी छन् ।

केही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामिछानेलाई कारागारमा पत्रपत्रिका पढ्न नदिइ सूचनाको अधिकारबाट वञ्चित गरिएको, बस्ने कोठा असुविधाजनक रहेको बताएका थिए । त्यसलगत्तै सञ्चार माध्यममा विभिन्न कोणबाट समाचार प्रकाशित/प्रसारित भएका थिए । केही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामिछानेलाई कारागारमा पत्रपत्रिका पढ्न नदिइ सूचनाको अधिकारबाट वञ्चित गरिएको, बस्ने कोठा असुविधाजनक रहेको बताएका थिए । त्यसलगत्तै सञ्चार माध्यममा विभिन्न कोणबाट समाचार प्रकाशित/प्रसारित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *