सर्लाही, २६ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य नहुने टिप्पणी गरेका छन् ।

भारतमात्रै नभइ कुनै पनि दशमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य नहुने उनको भनाइ छ । ‘कुनैपनि बहानामा भारतमाथि हुने आतंकवादी आक्रमण, भारतमात्रै होइन अन्य देशहरूमाथि पनि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य हुँदैन । नेपालको भूमि आतंकवादका लागि प्रयोग गर्न दिइँदैन,’ रिजालले भने ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रिजालले नेपालको भूमि आतंकवादी गतिविधिका लागि कहिल्यै पनि प्रयोग गर्न नदिइने स्पष्ट पारे । नेपालले छिमेकी देश चीनसँग पनि एक चीन नीतिमा स्पष्ट रहेको उनले बताए ।

‘आतंकवादी गतिविधिका लागि हामी नेपालको कुनैपनि भूमि प्रयोग हुन दिँदैनौँ । अरु गतिविधिका लागि पनि हामी नेपाली भूमि प्रयोग हुन दिँदैनौँ,’ रिजालले भने, ‘एक चीन नीति…। अहिले कुनै कुनै सरकारले त एक चीन सिद्धान्त नै भनेका छन् । नीतिबाट पनि बुरुक्कै उफ्रिएर ।’

नेपाल र भारतको सम्बन्धको मूल्यमा कसैसँग पनि केही सम्बन्ध नहुने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *