सर्लाही, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले साउन २७ गते ‘दि फ्युचर लिडर्स समिट’ मनाउने भएकाे छ । सांसद डा. तोसिमा कार्कीको नेतृत्वमा रहेको युवा तथा खेलकुद विभागले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ललितपुरमा साउन २७ गते उक्त समिट मनाउन लागिएको हो । विभागले केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार पत्रकार सम्मेलन गरी युवाहरूको सीप विकास, डिजिटल साक्षरता, मानसिक स्वास्थ्य लगायत विषयमा जनचेतना जगाउने हिसाबले सम्मेलन गर्न लागिएको जानकारी दिएको छ । सातै प्रदेशमा युवाहरूको सहभागी रहने कार्कीले जानकारी दिइन् । ‘युवाहरू राजनीतिमा आउनुपर्छ । राज्यसत्ता युवाले चलाउनुपर्छ भन्ने विषयमा बढी फोकस गरिनेछ । अबको नेपाल युवाले नै हाँक्नुपर्छ’, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *