सर्लाही, २७ साउन । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ ।
पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यसअघि नेपालबाट ८१०.९ मेगावाट विद्युत् आयातका लागि भारतले अनुमति दिएको थियो । अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत् निर्यातको बाटो खुलेको छ । बंगलादेशमा समेत नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । यस हिसाबले नेपालको कुल निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको छ ।
अहिले स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत् निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जानकारी दिएको छ ।
लिखु(२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली यसअन्तर्गत निर्यात हुनेछ ।
गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारत विद्युत् निर्यात गरेर १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
भारत सरकारबाट थप निर्यात अनुमति प्राप्त भएको र यो आगामी दिनमा बढ्दै जाने अपेक्षा रहेकाले यस आर्थिक वर्षमा विद्युत् निर्यात दोब्बर हुने अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।