सर्लाही, २७ साउन । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज हुने भनिएको भूमि विधेयक माथिको छलफल स्थगित भएको छ ।

बिहान १० बजे भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनमाथि छलफल गर्न बैठक राखिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेका थिए । उक्त विधेयकको मस्यौदा यसअघि नै समिति सदस्यहरूलाई वितरण गरिसकिएको छ ।

कतिपय सांसदहरूले मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको भनेर समेत असन्तुष्टि जनाएका थिए । यही बेला आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य शान्ति विकले बुधबार समितिको बैठक बस्ने तयारी रहेको जानकारी दिइन् ।

समितिका अर्का सदस्य अशोक कुमार चौधरीले प्राप्त मस्यौदाउपर समितिको आन्तरिक छलफल हुनै बाँकी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *