सर्लाही, २९ साउन । मधेश प्रदेशमा सम्बोधन गर्न पाउदा अत्यन्तै खुसी लागेको छ । सत्ययुग देखीको इतिहास बोकेको राजा जनक , शिवको धनुष राखिएको, महर्षि, ऋषिहरुको तपो भूमि, माता सिताको जन्म भूमि, छिन्नमस्ता, गढि माई नेपालमा मात्र नभई अन्तराष्ट्रिय जगमतमा समेत चर्चित, चिन्तक र दार्शनिक हरुको भूमि, विद्धानहरुको भूमि जसले मिथिला साहित्यलाई मात्र होइन अन्य साहित्यहरुलाई समेत समृद्ध बनाएको छ । त्यस्ता दार्शनिकहरुको भुमिमा आज हामी ती इतिहासहरुलाई लिएर
राजर्षि जनकको दरबारमा हुने जीवन र शास्त्रहरुको चर्चाको विषयमा दुनियाँ अन्ध्यारोमा रहेका बेला यो भूमिका ज्ञानको उज्यालो फैलाउने यो भूमिमा आएर आज हामी चर्चा गर्दै छौ के उपलब्धिहरु भयो मधेश नेपालको एउटा प्रदेश हो ।
प्रशासनिक उन्नति, विकासको काममा सहजता प्रदान गर्न प्रदेशको माध्यमले अभ्यास बढाएका छौ ।
लामो समय अधिकार प्राप्तिमा लडाईमा वितायौ, त्यसकै फलस्वरुप आज हामी यस अवस्थामा आएका छौ मधेश प्रदेश चेतनशिल भूमि हो आजको उपलब्धिमा मधेशको विशेष योगदान रहेको छ । संघीय लोकतानित्रक गणतन्त्रको पक्षमा मधेश दृढताको साथ उभिने विश्वास व्यक्त गर्दछौ । अहिलेको प्रणाली जनताको सेवामा समर्पित हुनु पर्दछ
राजनीतिक अधिकारहरुलाई अझ विस्तार गरिनु पर्दछ
लोकतन्त्र राजनीतिक क्षेत्रमा मात्र नभई समग्र क्षेत्रमा हुनु पर्दछ ,
यदी जनताको जीवन स्तरमा साकारत्मक सुधार ल्याउन सकिएन भने, जनताको अधिकार सुनिश्चित गर्न सकिएन भने, त्यसको अर्थ नहुने
गरिबी निवारण तर्फ अग्रसर हुनु पर्दछ ,
जैविक र मानविय आवश्यकताहरुलाई सहज परिपूर्ति हुने अवस्थाको सृजना हुनु पर्दछ ।
यसको परिपूर्ति हामीले गर्न सकेनौ भने प्रणाली माथि नै संकट पर्दछ ,
जनताले प्रणालीको उपलब्धि आफनो जीवन, सन्तामा खोज्छन , सन्तानको अधिकार प्राप्तिमा खोज्छन ।
जनताको जीवनमा लोकतन्त्र ल्याउनु पर्दछ । अनि मात्र लोकतन्त्रको औचित्य पुष्टि हुन्छ
भ्रष्टाचार नियन्त्रण गर्न सकेनौ भने जनतामा वितृष्णा पैदा हुन्छ ,
जनताले सबै कुरा देखेको हुँदैन तर सत्यानुमान गरेको हुन्छ । त्यसलाई शास्त्रले पनि प्रमाण मान्दछन
भ्रष्टाचार कसैले देखेको हुँदैन तर सत्यानुमान गरेको हुन्छ ,, जनताले विश्वास गर्छन ,
त्यस्ता कुरामा हामी सचेत हुनु पर्दछ, सुशासनको प्रत्याभूति दिनु पर्दछ,
त्यसैका लागि लोकतन्त्र चाहिएको हो ,
हामीले सुशासनको प्रत्याभुति दिनु पर्दछ,
विकासको योजनालाई प्राथमिकतामा राख्नु पर्दछ ,
खाद्य, माछा, फलफुल लगायतको खाद्यान्न उत्पादनमा मधेश अगाडी छ, तर अझै बढाउनु पर्दछ,
आफनै प्रदेशलाई पुगेर भएन , अन्य प्रदेश र देशलाई नै पुग्ने गरि अगाडी बढाउनु पर्दछ
राष्ट्रिय भावना, उत्तरदायित्व को भावना सबै प्रदेशमा हुनु पर्दछ
यस प्रदेशको सिचाई व्यवस्थापनका लागि सुनकोशी मरिन डाइभर्सन निर्माणको क्रममा छ
एकलाख ८५ हजार विग्घामा सिचाई उपलब्ध गराउछ,
जसले मधेशमा कृषि क्रान्ति ल्याउछन
हाम्रो विविधिता नै हाम्रो शक्ति हो पहाडमा बाध बाधेर तराई मधेश सिंचित गरिनु पर्दछ भने मेरो मान्यता हो
राष्ट्रिय एकतालाई मजबुत बनाउनु पर्दछ
हुलाकी राजमार्गको चर्चा थियो , बनेको थिएन,
मैले नै १० अर्ब राखेर शुरु गराए,
एक लेनको मात्रै कुरा थियो । तर राजमार्ग एक लेन हुनु भएन, भनेर दुई लेनको बनाउन लगाए ,
मधेश आँप र माछाको प्रमुख क्षेत्र हो
अब सरकारले नगद बाडने तर्फ होइन उपकरण खरिदमा अनुदान दिनु पर्ने छ ।
कृषि अनुदानमा नगद दिएर हुदैन
उपकरणमा अनुदान दिनु पर्दछ ,
हाम्रो नीतिलाई नै परिमार्जन गरिनु पर्दछ
मधेश प्रदेशले मुलुकको आर्थिक विकासमा योगदान गरेको छ । अगामी दिनमा समेत निरन्तरता पाउने छन ।
रेल मार्गको विस्तार, राजमार्गहरुको विस्तार समेत अगाडी बढाइएको छ ।
मधेश प्रदेशलाई विकास, औद्योगीकीकरणको दौडमा अगाडी बढाउनु पर्दछ
भारत जस्तो विसाल बजार छ तर बोर्डर बाट हुने तस्करी रोक्नु पर्दछ
जनकपुरधाम अहिले सफा देखिएको छ , मधेशको राजधानी छ,
, जनकपुर चक्रपथको निर्माण अगाडी बढाइएको छ , जसले जनकपुरको विकासमा योगदान दिने विश्वास लिएको छु
पूर्व मुख्यमन्त्री्हरु बाट अनुभवको मद्दत लिन प्रदेश सरकारलाई आग्रह
रचानात्मक सहयोगको लागि प्रतिपक्षलाई आग्रह
प्रतिस्पर्धात्मक तरिकाले अरु प्रदेश भन्दा अगाडी बढने बाटोमा बढनु पर्दछ
त्यसका लागि एकरुपता , एकजुटता आवश्यक छ,
सुनकोशी कमला डाइभर्सनको सम्भावना छ, त्यसमा अघि बढन सकिन्छ,
मधेशमा थुप्रै सम्भावनाहरु छ , त्यसलाई उपयोग गरिनु पर्दछ
रसायनिक मलमा दिदै आएको अनुदान, प्राङ्गारिक मलमा दिन सकिन्छ, किसानहरु त्यस तर्फ अघि बढनु पर्दछ
प्राङ्गगारिक मलको उत्पादनले तेहरो फाइदा लिन सकिन्छ मल , ग्यास, विजुली मा
नयाँ प्रविधिको प्रयोग गरेर उत्पादन बढाउनु पर्दछ
समाजिक सुधारमा अघि बढनु पर्दछ
बोक्सी प्रथा अहिले पनि देखिन्छ, बोक्सी भएको भए लडाइ किन गर्नु प¥यो
मलाई यति लागी गरिएछ , बोक्सी छ भने लगाइ दिए भै हाल्यो नी, किन गाली गरनु प¥यो ।
अन्धविश्वास बाट माथि उठनु पर्दछ ,
महिला माथि हुने हिंसालाई कानूनको दायरामा ल्याउनु पर्दछ, आफै नियन्त्रण हुन्छ ,
दहेज प्रथा अन्त्य गरिनु पर्दछ, मण्डप बेहुला फिर्ता हुन्छ, लाज लाग्दो विषय हो
पछाडी परेको समुदायलाई अगाडी बढाउनु पर्दछ ,
जातको कुरा गरिनु हुँदैन, जात ठुलो र सानो हुँदैन
व्यवसायिक तालिम किसानहरु दिइनु पर्दछ , एक दिनको गोष्ठि होइन उनिहरु सिक्ने गरि केही समयको तालिम दिइनु पर्दछ
जसले आफनो उत्पादनलाई बढाउन सक्छ ,
हाम्रो छिमेकी हरु धेरै अगाडी बढी सकेको छ ,
उनिहरु बाट केही सिक्नु पर्दछ ,
प्रदेशको समग्र विकासको लागि प्रदेश संग हातेमालो गर्न संघ सरकार तैयार छ , तत्पर छ ।
नयाँ प्रणाली रहेको कानूनको विषयमा , स्रोत साधनहरुको बाँडफाँडको सम्बन्धमा केही समस्या छ त्यो विस्तारै समाधान हुन्छ ।
ऋणको कुरा गर्ने हो भने अन्य छिमेकी मुलुकको तुलनामा हाम्रो ऋण कम छ ।
राष्ट्रिय आयको २० –२५ प्रतिशत ऋण ठुलो कुरा होइन, तर सही सदुपयोग हुनु पर्दछ
साधारण खर्चको कटौती हुनु पर्दछ
संघीय लोकतान्त्रिक गणतन्त्र बलिदान पूर्ण संघर्ष बाट ल्याएका हौ ,
यसका लागि धेरैले आशु बहाएका छन , जेल नेल भोगेका छन ,अहिलेको अवस्थाको कुरा गर्दा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु , अग्रजहरु प्रति सम्मान व्यक्त गर्दछुसहभागितामुलक समावेशी व्यवस्थालाई दृढ गर्दै जानु पर्दछ, यस प्रणालीको रक्षा गरिनु पर्दछ , त्यसकालागि समाजिक, राजनीतिक रुपमा सुदृढ हुनु पर्दछ
यस व्यवस्थालाई व्यवस्थित गर्ने चिज नै संविधान हुन ,
संविधान पूर्ण हुँदैन, समयानुसार परिवर्तन हुदै जानेछ ।
हाम्रो संविधानमा केही समस्या देखिएका छन, त्यसका लागि संशोधनको कुरा अगाडी बढाइएको छ ।
संविधान संशोधन, समाजिक एकता कायम गर्न, राष्ट्रिय एकता कायम गर्नका लागि हुन्छ ।
छिमेकी संगै झगडा हुन्छ, मित्रता हुन्छ, टाढाको संग त के हुनु ,
तर समझदारी हुनु पर्दछ , कहिले काँही त्यस्ता कुरा हुनछ , बसेर समाधान हुन्छ ,
खुला सिमानाको नाउँमा हुने दुरुपयोग रोक्नु पर्दछ ,संविधान संशोधन उपयुक्त समयमा हुन्छ , त्यसका लागि समितिनै बनाएर हुन्छ , तर त्यो आन्तरिक हुन्छ , बाहिरका हुँदैन ,संशोधनको प्रतिगामीहरुलाई ढोका खोल्ने गरि हुँदैन ।नयाँ पुस्ताहरुले राजतन्त्र देखेका छैनन , राजा भनेको सामन्ति प्रणाली हो, यसलाई हामीले स्वीकार गर्द सक्दैनौ ,
गणतन्त्र वर्तमान, गणतन्त्रनै भविष्य हो ।
नागरिक सर्वोच्चताको सटा व्यक्ति सर्वोच्चता सम्भव छैन ।