सर्लाही, २९ साउन । सर्लाही इँटा उद्योग व्यवसायी संघको नयाँ नेतृत्व चयन भएको छ । प्रायः पुरानै पदाधिकारी दोहोरिएका कार्य समितिमा निष्क्रियलाई हटाएर सक्रिय व्यवसायीलाई सामेल गराइएको कार्य समितिका सचिव भगवान मैनालीले जानकारी दिए ।
इँटा व्यवसायीको नयाँ कार्य समितिमा जग्गनाथ राय यादव अध्यक्ष, नागेन्द्र जयसवाल चौधरी उपाध्यक्ष, भगवान मैनाली सचिव, साहिद रेजा कोषाध्यक्ष, लेकेन्द्र चौधरी सहसचिवलगायत अन्य सदस्य रहेका छन् ।
इँटा उद्योग व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष बिक्रम साहको प्रमुख आतिथ्यतामा गैर ढंग्राहस्थित ग्लोबल कन्ट्रक्सनमा सम्पन्न १५ औँ वार्षिक साधारण सभा एवं छैठौं जिल्ला अधिवेशनले सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको हो ।