सर्लाही, २९ साउन। सर्लाही जिल्लाका सक्रिय पत्रकार प्रकाश मैनालीले आफ्नो ३३ औं जन्मदिन विशेष तरिकाले मनाएका छन् । उनले आज लालबन्दी नगरपालिका–७ स्थित राधाकृष्ण मन्दिर डुमडुमेमा रहेको राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरु कुलमा पुगेर शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेका छन् ।

मैनालीले गुरु कुलमा संचालन हुने गतिविधि सहज होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेका हुन् । गुरु कुल परिवारले यस कदमप्रति खुसी व्यक्त गर्दै मैनालीको सामाजिक भावना र योगदानको प्रशंसा गरेका छन् ।

हाल मैनाली सर्लाहीबाट प्रसारण भइरहेको सामुदायिक रेडियो एकताको स्टेशन म्यानेजर, सर्लाहीबाट प्रकाशन हुने उज्यालो अभियान दैनिकका सञ्चालक तथा राष्ट्रिय स्तरमा प्रकाशित हिमालय टाइम्स का सर्लाही संवाददाता रहेका छन् । साथै, उनी ईमेज टेलिभिजनमा समेत रिपोर्टिङ गर्दै आएका छन् ।

पत्रकार मैनाली नेपाल पत्रकार महासंघ मधेश प्रदेश परिषदका सदस्य मात्र नभई आँखा उपचार केन्द्र ईश्वरपुरका उपाध्यक्ष र बी.पी. सामुदायिक पुस्तकालय ईश्वरपुरका अध्यक्ष समेत हुन् । पत्रकारिता सँगसँगै उनी सामाजिक सेवामा पनि सक्रिय छन् ।

उनी आफ्नो जन्मदिन सामाजिक सेवामार्फत मनाउँदै उदाहरणीय योगदान दिने व्यक्तिका रूपमा चिनिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *