सर्लाही, ३० साउन । राष्ट्रिय जनता पार्टी (जसपा) नेपालका वरिष्ठ जिल्ला उपाध्यक्ष गणेश यादव आज सयौँ समर्थकसहित राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । मलंगवामा आयोजित कार्यक्रममा यादवसँगै जसपा केन्द्रिय सदस्य आरती झा, जिल्ला उपाध्यक्ष मुकेश पण्डित, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, नेपाली कांग्रेसबाट निर्वाचित हरिपुर्वा नगरपालिकाका पूर्व वडा अध्यक्ष पुरुषोत्तम राय यादव, पूर्व वडा सदस्य जाहिर अन्सारी, माओवादी छोडेका रामसोगारथ राय र जवाहर साहलगायतका नेताहरूले पनि पार्टी प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र महतो र वरिष्ठ उपाध्यक्ष राम नरेश रायले फूलमाला र सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा पार्टीका निर्वाचन समितिका संयोजक अरुण कुमार सिंह, महासचिव हुसेन खान, जिल्ला अध्यक्ष बिनोद साहलगायतका नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।कार्यक्रममा सहभागी हुन हरिपुर्वा, पर्सा र ब्रह्मपुरीबाट मोटरसाइकल र स्कर्पियो गाडीमा आएका कार्यकर्ताहरूले मलंगवा बजारमा परिक्रमा समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *