सर्लाही, ३० साउन । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको २१ औँ बैठकले एमबीबीएस र बीडीएसको सीट संख्या बढाउने निर्णय गरेको हो ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शमा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघि रहेको सिट संख्यालाई बढाउने निर्णय गरेको हो । बैठकले १ सय सिट रहेको एमबीबीएसको १ सय ३० सम्म र ५० सिट रहेको बीडीएसलाई ६० सिट दिने निर्णय गरेको छ । मेडिकल कलेजहरुको पूर्वधार, फ्याकल्टी लगायतका मापदण्डहरु हेरेर एमबीबीएसमा बढीमा १ सय ३० र बीडीएसमा ६० सिटसम्म दिने निर्णय भएको छ ।

सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरुमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस रहेका छन्। पोखराको मणिपालले १२० सिट पाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले आयोगको सिट निर्धारण समितिको सिफारिस  विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को पीसीएल तहको संख्यावृद्धिसहित सिट निर्धारणको निर्णय गरेको बताएकोछ ।

एमबीबीएस र बीडीएसको सिट संख्या बढाउन निजी मेडिकल कलेज सञ्चालकहरुले दवाव दिदै आएका थिए । गत चैत २१ गतेदेखि एमडी एमएस गर्ने चिकित्सकको आठौँ तह बराबरको निर्वाह भत्ता दिनुपर्ने भन्दै आन्दोलन गरेका थिए ।

जसमा निजी निजी मेडिकल कलेज सञ्चालकहरुले सिट संख्या र शुल्क बढाउनु पर्ने सर्त राखेका थिए ।

वैशाख ३ गते बसेको आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरवलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले शुल्क र सिट पुनर्मूल्यांकन गर्न सकिने जनाएको थियो। सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै एमबीबीएसको सिट संख्या बढाउने उल्लेख गरेको थियो ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले मेडिकल कलेजको सिट र शुल्क नबढाउन चेतावनी दिँदै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *