सर्लाही, ३० साउन । जलवायु परिवर्तनका असरहरू न्यूनीकरण र अनुकूलनका लागि साझा ऐक्यबद्धता जनाउने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका स्थानीय तहहरूलाई एकै स्थानमा भेला गराउने तयारी गरेको छ । गाउँपालिकाले आगामी भदौ ३१ गते जोमसोममा राष्ट्रिय स्तरको ‘जलवायु परिवर्तन सम्मेलन’ आयोजना गर्ने घोषणा गर्दै नेपालका सबै ७५३ वटै गाउँपालिका तथा नगरपालिकाका प्रमुख र अध्यक्षहरूलाई निमन्त्रणा पत्र पठाइसकेको छ ।तराई, पहाड र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरबारे राष्ट्रिय स्तरमा साझा धारणा बनाउने र न्यूनीकरणका लागि सबै स्थानीय तहको ऐक्यबद्धता जुटाउने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागिएको घरपझोङ गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *