सर्लाही, ३० साउन । पुनर्गठित नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदाय भन्ने पार्टीको स्थापित मान्यताका लागी क्रियाशिल हुने बताउनुभएको छ ।
लामो समयदेखि निष्क्रिय रहेको पार्टीलाई पुनर्गठित गरेपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाले नेपाल भित्र समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदाय भन्ने पार्टीको स्थापित सैद्धान्तिक मान्यताका लागी क्रियाशिल र संघर्षरत रहने बताउनुभएको हो । उहाले आफ्नो नेतृत्वमा गरिएको पुर्नगठनलाई निर्वाचन आयोगले औपचारिक रुपमा मान्यता प्रदान गरेको जानकारी समेत दिनुभयो । अब पछि परेका समूदायको पहिचान, पहुंच, प्रतिनिधित्व, प्रदेश र प्राकृतिक श्रोत एवं राजस्वको बाँडफाँडमा समान अधिकारका लागी अर्थात मजबुत संघीयता र अर्थपूर्ण समावेशीकरणकोपक्षमा संघर्षरत रहने झाले बताउनुभयो ।
अध्यक्ष झाले संघियता कार्यान्वयनमा प्रदेश सरकारहरुले देखाईरहेको उदासिनता र केन्द्र सरकारको उपेक्षाभाव पार्टीको चिन्ता रहेको धारणा राख्नुभयो ।
उहाले मधेशी केन्द्रीत दलको मोर्चामा रहने वा छुटै कार्यक्रमलाई अघि बढाउने भन्ने बारेमा पार्टीभित्र छलफल गरिने उल्लेख गर्नुभयो । हाल पुनर्गठित नेपाल सद्भावना पार्टीमा आफ्नो नेतृत्वमा ९१ सदस्यीय कार्यसमिति गठन भएको उहाले जानकारी दिनुभयो ।
पुनर्गठित नेपाल सद्भावना पार्टीले सुकुम्बासी समस्या लगायत कुनै पनि समस्याको बहानामा भै रहेको मधेशको भूमि बितरण कार्य लाई अबिलम्ब रोक्न सरकार संग माग गरेको छ भने मधेश लगायत देश भरका किसानले भोगीरहको रासायनिक मलको कमीको समस्याको अबिलम्ब समाधानको लागी केन्द्र र प्रदेश सरकारहरुसंग माग गरेको छ । अध्यक्ष झाले नेपाल सद्भावना पार्टीको ३६ वर्षको यात्रा पार गर्दै बर्तमान स्वरुप पुनः ग्रहण गर्दासम्म यसबीचमा गरिएका सबै प्रकारका कार्यहरुको स्वामित्व ग्रहण गर्ने बताउनुभयो ।