सर्लाही, ३१ साउन । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल दुई मिनेटमै स्थगित भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान साढे १० बजेका लागि बोलाइएको थियो । तर, समितिको बैठक सुरु भए लगत्तै स्थगित हुन पुगेको छ । बिहान साढे १० बजे वरिपरि नै सांसदहरू जम्मा भएका थिए । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पनि समयमै उपस्थित भए । मन्त्री र सांसदहरु एक घण्टा आन्तरिक छलफलमा रहे । आन्तरिक छलफलबाटै भूमिमन्त्री अधिकारी बाहिरिए ।  भूमिमन्त्री बलाराम अधिकारी करिब एक घण्टा आन्तरिक छलफलमा रहेर निस्किए ।

मन्त्री निस्किएपछि समितिको औपचारिक बैठक सुरु भयो । समिति सभापति कुशुमदेवी थापाले विधेयकको प्रतिवेदन तयार भएको र आन्तरिक छलफलमा थप अध्ययन गर्न समय चाहिने भनिएको स्मरण गरिन । थप अध्ययनपछि अर्को बैठक बस्ने बताइन् । समितिका सचिव शिवदत्त बरालले प्रतिनिधि सभाको बैठक भदै ४ गते रहेको र त्यसकै वरिपरि अर्को बैठक बस्न सकिने बताए । त्यसपछि सभापति थापाले बैठक स्थगित भएको जानकारी गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *