सर्लाही, ३१ साउन । रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आउन लागेका रास्वपा सभापति रवि लामिछानेले आफू बसेको भित्तामा केही लेखेर आएको जानकारी पार्टीका नेताहरूलाई गराएका छन् ।भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषयको जानकारी गराएका छन् । जसबारे प्रवक्ता झाले जानकारी गराएका हुन् । वाग्ले र झा कारागारमै भेट्नका लागि पुगेको भए पनि भेट्न नपाएको पनि उनले बताएका छन् । कारागारमा भेट्न नपाएपछि गौतमबुद्ध विमानस्थलमा केहीबेर रविसँग भेट भएको र सो क्रममा उनले यसबारे जानकारी गराएको प्रवक्ता झाले बताएका छन् । ‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, ‘अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।’ रविले राजनीतिक प्रतिशोधको मंगलग्रह नै लागे पनि आफू नडराउने बताएको पनि झाले बताए ।‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो,’ झाले रविको भनाइ उद्धृत गर्दै भने, ‘जसरी सक्छन् जता सक्छन् लग्न देऊ । केही फरक पर्दैन ।’लामिछाने १ सय २६ दिन भैरहवा कारागार बसेर आज नख्खु सरुवा हुन लागेका हुन् ।लामिछाने भैरवाबाट यूए ८६० बुद्ध एयरको जहाजमा अहिले काठमाडौं आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *