सर्लाही, ०१ भदाै । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका २२ स्कुटर र १९ वटा मोटसाइकल आइतबार सम्बन्धितलाई बुझाइएको जनाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी धनीलाई फिर्ता गरे ।
चोरी भएको उजुरी निवेदनका आधारमा खोजतलाश गर्दै जाँदा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको पाइएको कार्यालयको भनाइ छ । अहिलेका ४१ गरी गत साउन यता मात्रै चोरी भएका ५२ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई बुझाइएको छ ।
चोरीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४१७ वटा र ०८१/०८२ मा ५ सय ३ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।