सर्लाही, ०१ भदाै । नेपाल विद्युत प्राधिकरणको सम्पत्ति ७ खर्ब नजिक पुगेको छ । नेपाल विद्युत प्राधिकरणले आइतबार आव २०८१/८२ को प्रगति विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार सम्पत्ति ६.२ प्रतिशतले बढेको छ । सो आवमा प्राधिकरणले विद्युत बिक्रि तथा अन्य स्रोतबाट कुल १ खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको थियो ।

सञ्चालन खर्च भने कुल १ खर्ब २९ अर्ब ८१ करोड भएको देखिएको छ । करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रहेको प्राधिकरणको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *