सर्लाही, ०१ भदाै । गुण्डा नाइकेको रूपमा चिनिएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार परिसरको विशेष टोलीले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको हो ।
नेपाली कांग्रेसका गोर्खालीले २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोकबाट उम्मेदवार बन्ने तयारी गरेपनि पछि टिकट पाएका थिएनन् ।