सर्लाही, ०२ भदाै । महोत्तरीको जलेश्वर कारागारमा पुर्पक्षमा रहेका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का हाल बर्दिबास नगरपालिका–१४ शुभम बस्ती टोलमा डेरा गरी बस्ने वर्ष ६० को राजकिशोर साह रहेको जिल्ला कारागार महोत्तरीका प्रमुख अशोककुमार क्षेत्रीले जानकारी दिए ।

शनिबार राति अचानक बेहोस भएका साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुयाइएको जनाउँदै कारागार प्रमुख क्षेत्रीले उपचारकै क्रममा उनको मृत्यु भएको बताए । उनको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *